नेपालमा वितेको २४ घण्टामा २ हजार ८३८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार ८ हजार ७१५ पिसिआर परीक्षण गर्दा १ हजार ९१८ र ३ हजार ९०१ एण्टिजेन परीक्षण गर्दा ९२० गरी कूल १२ हजार ६१६ जनाको नमूना परीक्षण गर्दा २ हजार ८३८ जनामा सङ्क्रमण पुष्टि भएको बताए ।
आज १ हजार ४७५ जना सङ्क्रमणमुक्त भएका छन् भने ३० जनाको निधन भएको छ ।
अहिले २४ हजार ३४० होम आइसोलेसनमा र २ हजार ४९२ जना संस्थागत आइसोलेसन गरी कूल २६ हजार ८३२ जना आइसोलेसनमा रहेका छन् ।