झापाको भद्रपुरमा शुक्रवार भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।
प्रहरीका अनुसार भद्रपुरबाट वनियानीतर्फ गइरहेको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको ट्याम्पो एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
भद्रपुरबाट बनियानीतर्फ गइरहेको मे१त २८२१ नम्वरको ट्याक्टर र दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे१ह ६४१ नम्बरको टेम्पो एकापसमा ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले केटिएम दैनिकलाई बताए ।
दुर्घटनामा परी भद्रपुर नगरपालिका–१ हिमाली चोक निवासी ३८ वर्षीया छविमाया लिम्बू र सोही ठाउँका करिब ४० वर्षीय डम्बरबहादुर लिम्वूको मृत्यु भएको थापाले बताए ।
छविमायाको घटनास्थलमा र डम्वरबहादुरको उपचारका क्रममा ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा मृत्यु भएको हो ।