काठमाडौं : चीनले उत्पादन क्षमताको आधारमा नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने जनाएको छ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार गरेको भर्चुअल पत्रकार सम्मेलनमा चिनियाँ कम्पनीको उत्पादन क्षमताअनुसार खोप उपलब्ध गराउने बताएकी हुन्।
राजदूत यान्छीले चिनियाँ कम्पनीले कोरोनाविरुद्धको खोप उत्पादनलाई तीव्रता दिएको र सोहीअनुुसार नेपाललाई प्राथामिकताका साथ खोप उपलब्ध गराउने बताइन्।
‘धेरै भन्दा धेरै खोप नेपाललाई उपलब्ध गराउने प्रतिबद्धता जनाउन चाहन्छु’, उनले भनिन्, ‘विभिन्न चिनियाँ कम्पनीले १० वटा कोरोना विरुद्धको खोप उत्पादन गरे पनि विश्व स्वास्थ्य संगठनले त्यस मध्ये दुुई वटालाई मात्र स्विकृत दिएको छ।’
राजदूत यान्छीले कोरोनाविरुद्ध लड्न चीनले नेपाललाई स्वास्थ्य सामाग्री, खोजलगायत जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता जनाइन्। हालसम्म चीनले १८ लाख डोज खोप नेपाललाई सहयोग गरिसकेको छ।