
काठमाडौँ- सुनचाँदीमा सरकारले लगाएको करको विरोधमा सुनचाँदी व्यवसायीहरूले न्यूरोड क्षेत्र ठप्प पारेका छन् ।
बजेटमार्फत सरकारले सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर लगाएको थियो । त्यसैको विरोधमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघ उत्रिएका हुन् ।
यसअघि सरकारसँग सहमति गर्दै आन्दोलन स्थगित भएको थियो । तर बजेट पास हुने बेला माग सम्बोधन नभएको भन्दै उनीहरूले अनिश्चित कालीन व्यवसाय बन्द गरी संयुक्त वृहत् र्याली ता खबरदारी सभा गरेका हुन् ।
र्यालीका कारण न्यूरोड क्षेत्रमा गाडी छिर्न पाएका छैनन् । पसलहरू बन्द गरिएका छन् ।न्यूरोड गेटबाट विशाल बजार-इन्द्रचोक-बांगेमुढा-असन-भोटाहिटी-वीर अस्पताल हुँदै पुनः न्यूरोड सभा गर्ने कार्यक्रम छ ।