वितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ५०८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
मन्त्रालयले शुक्रवार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार आज काठमाडौंमा ३९४ भक्तपुरमा ५४ र ललितपुरमा ६० जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
११ हजारमा झर्यो सक्रिय सङ्क्रमण
केही समअगाडी ४५ हजार भन्दा माथि रहेको काठमाडौं उपत्यकाको सक्रिय सङ्क्रमणको सङ्ख्या ११ हजारमा झरेको छ । पछिल्लो विवरणअनुसार काठमाडौं उपत्यकामा रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार ९६८ रहेको छ ।
अहिले काठमाडौंमा ६ हजार ७३५ भक्तपुरमा २ हजार २५० ललितपुर २ हजार ९८३ जना अस्पताल वा होम आइसोलेसनमा रहेका छन् ।