झापाको छुट्टा–छुट्टै दुई स्थानमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक वृद्धा र एक बालक रहेका छन् ।
बिहीबार बेलुका साढे तीन बजे अर्जुनधारा नगरपालिका–३ बस्ने ८२ वर्षीया गलमाया खड्का आफ्नै घरको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी थिइन् । उनको उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै बिहीबार बेलुका पौने ६ बजे कमल गाउँपालिका–७ लालधोन्द्रास्थित महेन्द्र धिमालको खेतमा पानी तान्न जडान गरिएको मोटर चलाउन गएका महेन्द्रका भान्जाको करेन्ट लागेर मृत्यु भएको छ ।
बेलबारी नगरपालिका–४ घर भएका १४ वर्षीय सन्देश धिमालको महेन्द्रको खेतमा जडान गरिएको मोटरबाट करेन्ट लागेर गम्भिर घाइते भएका थिए । उनको उपचारको लागि अस्पताल लैजानै क्रममा बाटैमा मृत्यु भएको हो प्रहरीले जनाएको छ ।