केही समयअगाडी ४५ हजार भन्दा माथि रहेका काठमाडौं उपत्यकाका सक्रिय सङ्क्रमितहरु अहिले १७ हजारमा झरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार देशभर ७७ हजार ८५८ सक्रिय सङ्क्रमितमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा १७ हजार ७९१ सक्रिय सङ्क्रमित रहेका छन् ।
बिहीबारसम्म काठमाडौंमा १० हजार ५२७, भक्तपुरमा ३ हजार ९१ र ललितपुरमा ४ हजार १७३ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।
आज काठमाडौंमा ७६४ जनामा सङ्क्रमण
वितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार भन्दा कम सङ्ख्या कोरोना भाइरसका सङ्क्रमित फेला परेका छन् ।
मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार आज देशभर भेटिएका ३ हजार ७४९ सङ्क्रमितमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लाका ७६४ जना छन् ।
आज काठमाडौंमा ५४०, भक्तपुरमा ९९ जना र ललितपुरमा १२५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।