सुनसरीको धरान उपमहानगरपालिकाको फोहोर बोक्ने ट्र्याक्टरबाट लड्दा कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी बराहक्षेत्र नगरपालिका–६ का ५० वर्षीय बाबुराम पौडेल रहेका छन् ।
बुधबार बिहान साढे ११ बजे धरान–८ स्थित राजमार्गमा को १ त ६७ नम्बरको धरान उपमहानगरपालिकाको फोहोर बोक्ने ट्याक्टरबाट लड्दा सोही ट्र्याक्टरमा काम गर्ने पौडेलको घाइते भएका थिए ।
ट्र्याक्टरबाट लडेर गम्भीर घाइते भएका पौडेलको घोपा धरानमा उपचारको क्रममा आज दिउँसो १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । प्रहरीले ट्र्याक्टर र ट्र्याक्टर चालक सुरज डोमलाई नियन्त्रणमा लिएको छ ।