बलिउड अभिनेता आमिर खानको छोरी इरा खान चर्चामा आउन अनेक काम गर्छिन् । उनको बुबा जस्तै उनी पनि चर्चामा आइरहन्छिन् ।
केही समय अगाडी मात्र इराले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै डिप्रेशनको खुलासा गरेकी थिइन् । पछि फेरि आफ्नै बुबाको जिम ट्रेनरसँग प्रेममा रहेको खुलासा गरेको थिइन् ।
चर्चामा आउन आमिर खानकी छोरीको यस्तो हर्कत
चर्चामा आउन मानिसहरुले अनेक हर्कत गर्दछन् । ‘मिस्टर पर्फेक्सनिष्ट’का उपनामले समेत...
बिहीबार, मङ्सिर २५ २०७७अहिले फेरि उनले लगाएको एउटा कपडाले उनलाई चर्चामा ल्याएको छ । फ्यानहरुले उनको तस्विरलाई अत्याधिक गाली गरिरहेका छन् ।
इरा आमिर खान र उनकी जेठी श्रीमती रिना दत्ताकी सन्तान हुन् ।
आमिर र रीनाले सन् १९८६ मा विवाह गरेका थिए । इराबाहेक दुबैका जुनैद नामका छोरा पनि छन् । सन् २००२ मा आमिर र रिनाको सम्बन्धविच्छेद भयो ।
सन् २००५ मा आमिरले किरन रावसँग दोस्रो विवाह गरे । यी दुईले सन् २०११ मा आजाद नामका छोरालाई सरोगेसीमार्फत् जन्म दिए ।