कोरना भाइरसका कारण मजदुर र विपन्न वर्ग निकै प्रभावित बनेका छन्। त्यस्मा पनि दैनिक काम गरेर खानेहरुको पीडा बेग्लै छ।
बिहान् बेलुका छाक टार्न मुस्किल हुनेहरुका लागी आछाम घर भइ हाल काठमाठौं बस्दै आएका समाजसेबी एकेन्द्र कुवँर साहरा बनेका छन।
कसैको घरको चुलो निभ्नु हुदैन र कोही पनि भोकै रहनु हुन्न भन्दै कुवरले आफ्नै निजि लगानीमा सयौं बिपन्न परिवारलाई दाल चामल लगायतका खाद्यान्नहरु निशुल्क वितरण गरिरहेका छन् ।
खासगरी दैनिक काम गरेर खाने र भोकै बस्न बाध्य भएकाहरुलाइ कुवँरले खोजी खोजी सहयोग गर्दै आइरहेका छन् ।
समाजसेवी कुवँरले गरेको काम यतिखेर उदाहारणीय बनेको छ।
उनले मागेर खाने, साधु सन्त, दृष्टिविहिन र सुदुरपस्चिम बाट काठमाडौ आएर बसोबास गर्ने बिद्यार्थी हरुलाइ राहत बितरण गरेका हुन।
सामाजिक काम गर्दा आफुलाइ निकै सन्तुस्टी हुने गरेको बताउने कुवर खेलकुद परिषद का केन्द्रिय सद्स्य समेत हुन।