नेकपा एमालेले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने एमालेका सांसदहरुको नाम सार्वजनिक भएको छ ।
शुक्रबार संविधानको धारा ७६(५) अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाएका छन् । हस्ताक्षर गर्नेहरुमा काँग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमालेका माधव नेपाल समूहका २७ सांसदहरु र बाँकी जसपाका सासंद रहेका छन् ।
एमालेका ती २७ जना सासंदलाई दलीय अनुशासन उल्लंघन गरेकाले कारबाही गर्ने जानकारी एमालेले राष्ट्रपति कार्यालय पठाएको प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतले जानकारी दिएको छ ।
यी हुन् २७ सासंद जसले शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सिफारिस गरेका थिए
१. माधवकुमार नेपाल
२. झलनाथ खनाल
३. भीमवहादुर रावल
४. सुरेन्द्र पाण्डे
५. गोकर्ण विष्ट
६. यज्ञराज सुनुवार
७. गणेश पहाडी
८. विरोध खतिवडा
९. कृष्णलाल महर्जन
१०. मुकुन्द न्यौपाने
११. जीवनराम श्रेष्ठ
१२. नारायण खतिवडा
१३. घनश्याम भुसाल
१४.जयकुमार राई
१५. सोमप्रसाद पाण्डे
१६. मेटमणि चौधरी
१७. झपट रावल
१८. पवित्रा निरौला खरेल
१९. दीपकप्रकाश भट्ट
२०. भवानी खापुङ
२१. रामकुमारी झाँक्री
२२. सरला यादव
२३. पुष्पाकुमारी कर्ण
२४. कल्याणी खड्का
२५.निरादेवी जैरु
२६. कलिला खान
२७. लक्ष्मीकुमारी चौधरी
माथि नामावली भएका २७ सासंदमध्ये सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, जयकुमार राई लगायत ५ जनाले आफ्नो हस्ताक्षर दुरुपयोग भएको सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । जसमध्ये जयकुमार राईले राष्ट्रपति कार्यालयलाई आफ्नो हस्ताक्षर दुरुपयोग भएको भन्दै लेखेको चिठ्ठीसमेत सार्वजनिक भैसकेको छ ।