प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका १ सय २१ र जसपाका ३२ सांसद सहित प्रधानमन्त्रीमा आफ्नो दाबी पेश गरेका छन् ।
प्रधानमन्त्रीका सल्लाहकार डा.राजन भट्टराईका अनुशार प्रधानमन्त्री केपी शर्मा ओलिद्वारा एमालेका १२१ र जसपाका ३२ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दावी पेश गरिएको हो ।
विपक्षी गठबनन्धनले पनि जसपाका १७ सासंदको हस्ताक्षर लिएर प्रधानमन्त्रीमा नेपाली काँग्रसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा दावी गरेका छन् । जसपाका सासंद र नेकपा माधव पक्षका २७ सांसदको हस्ताक्षर दुवै पक्षमा भएपछि शीतलनिवासमा ३ सय २ सासंदको हस्ताक्षर पुगेको छ । जबकी २ सय ७१ जना सांसद मात्र प्रतिनिधि सभामा उपस्थित छन् ।
ट्विटरमा @cooolrims ह्यान्डल भएका सुवास कोइराला लेख्छन् हैन सासंदको संख्या कति हो ? शेरबहादुर देउवा १४९ र केपी शर्मा ओलीले १५३ सासंदको दावी प्रस्तुत गरेका छन् त ?
केपी शर्मा ओली -१५३
शेरबहादुर देउवा- १४९
हैन सांसद संख्या कति हो र ?— कुल रिम्स (@cooolrims) May 21, 2021
एमालेका २२ सासंदहरुले पनि नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा दावी गरेका छन् । जसमध्ये ५ जनाले आफ्नो हस्ताक्षर दुरुपयोग भएको बताइसकेका छन् ।
अहिले कोरोना महामारीको र राष्ट्रपतिले दिएको समयसीमाभित्र सबै सासंदहरुको हस्ताक्षर संकलन गर्नको लागि समय छैन । किनभने कति सांसदहरु राजधानी बाहिर छन् भने कति सासंदहरु कोरोना सङ्क्रमण भएर आइशोलेसनमा रहेका छन् ।
आज दुवै पक्षले दावी गरेको सांसदको हस्ताक्षर किर्ते हुन अर्थात अन्य कुनै प्रयोजनको लागि संकलन गरिएका हस्ताक्षरहरु आज प्रयोग भएका हुन् । त्यसैले सासंदको हस्ताक्षर दुरुपयोग भएको केटिएम दैनिकको ठम्याई छ ।