विपक्षी गठबन्धन पुग्नुअगाडी ओली शीतलनिवासमार
विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति निवास पुग्नुअगावै प्रधानमन्त्री शीतलनिवास पुगेका छन् ।
स्रोतले दिएको जानकारी अनुसार विपक्षी गठबन्धन सिंहदरबारमा छलफल गर्दैगर्दा ओली शीतलनिवास पुगेको हुन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा १४९ जना सांसदको हस्ताक्षर लिएर नेताहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेको १० मिनेट अगावै प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवासमा पुगेको स्रोतको दावी छ ।
स्रोतका अनुसार ओलीले पनि प्रधानमन्त्रीमा दावी गरेका छन् । उनी एमालेका १२१ र जसपाका १७ सांसदको हस्ताक्षर लिएर शीतलनिवास पुगेका हुन्। यसअघि बालुवाटारमा सम्पादकहरुसँगको अन्तरक्रियामा ओलीले आफूले पनि सरकारका लागि दावी पेस गर्ने बताएका थिए।
राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले बेलुका पाँचबजेसम्म दलहरुले संविधानको धारा ७६(५) बमोजिमको सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।
राष्ट्रपतिको आव्हानस्वरुप प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष र जसपाको बाबुराम–उपेन्द्र पक्षका एक सय ४९ सांसदको हस्ताक्षर सङ्कलन भएको बताइएको छ ।