कोरोना भाइरस संक्रमणका कारण सप्तरीमा आईतबार थप ४ जनाको मृत्यु भएको छ ।
संक्रमणपछि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएका कञ्चनरुप नगरपालिका एक जनाको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । यसैगरी कञ्चनरुप नगरपालिका ५ का ६८ बर्सिएको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।
यादबका अनुसार राजविराज र सप्तकोसी नगरपालिकाका एक–एक गरी दुई जनाको कोरोना भाइरस संक्रमण मृत्यु भएको हो । सप्तरीमा पछिल्लो ४ जनाको मृत्यु समेत गरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ जना पुगेको छ ।