कञ्चनपुरमा एक कोरोना सङ्क्रमित महिलाको ज्यान गएको छ । जिल्लाको दोधारा चाँदनी नगरपालिकामा आइतबार एक महिलाको कोरोनाका कारण ज्यान गएको हो ।
प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा उपचार गराई रहेकी ६५ वर्षीय महिलाको कोरोनाका कारण ज्यान गएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रवक्ता दिल बहादुर सिजालीले जानकारी दिए । उनलाई श्वासप्रश्वासको समस्या रहेको थियो । दोधारा चाँदनी नगरपालिकामा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ९ पुगेको छ ।