वितेको २४ घन्टामा काठमाडौं उपत्यकामा ३ हजार ३ सय बढीमा कोरोना सङ्क्रमण देखिएको ५ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार देशभर भेटिएका ८ हजार ५२० सङ्क्रमितमध्ये काठमाडौं उपत्यका भित्रका सङ्क्रमितको संख्या ३ हजार ३४९ रहेको छ ।
आज भक्तपुरमा ३३५ ललितपुरमा ५५६ र काठमाडौंमा २ हजार ४५८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
अहिले ललितपुरमा ७ हजार ६१ भक्तपुरमा ४ हजार ८९१ र काठमाडौंमा ३० हजार ४५२ गरी कूल सक्रिय सङ्क्रमितको संख्या ४२ हजार ४०४ पुगेको छ ।