कैलालीको फूलवारी स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्य स्वयंसेविकाको निधन भएको छ ।
धनगढी उपमहानगरपालिका १८ निवासी ५२ वर्षीय स्वास्थ्य स्वयम् सेविकाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।
उनी धनगढी उपमहानगरपालिका वडा नम्बर १८की मेलमिलाप केन्द्रकी सदस्य समेत रहेकी थिइन् । उनको धनगढी स्थित एक निजी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको धनगढी उपमहानगरपालिका वडा नम्बर १८का वडा अध्यक्ष मुरारी अधिकारीले जानकारी दिए ।