वैशाख १ गते देखि २२ गतेसम्म नेपालमा ८० हजार भन्दा बढी व्यक्ति कोरोना सङ्क्रमित भएका छन् भने त्यही अवधिमा २१ हजार ५७८ जना सङ्क्रमण मुक्त भएका छन् भने ४१७ जनाले यही भाइरसको कारण ज्यान गुमाएका छन् ।
नयाँ वर्ष २०७८ को पहिलो दिन ६०३ जना सङ्क्रमितबाट सुरु भएको कोरोनाको ग्राफ ५ गतेदेखि १ हजार भन्दा माथिको सङ्ख्यामा भेटिन थाले । वैशाख ८ गते सङ्क्रमितको सङ्ख्या २ हजार नाघ्न थाल्यो भने १२ गतेदेखि ३ हजार नाघ्न थाल्यो ।
१४ गते दैनिक ४५ सय भन्दा बढी सङ्क्रमित भेटिँदा १७ गते ५ हजार ७२७ मा उकालो लाग्यो । १९ गते ७ हजार २११ सङ्क्रमित भेटिँदा २१ गतेसम्म ७ हजारकै लाइनमा रहेको सङ्क्रमितको संङख्या आज अर्थात २२ गते ८ हजार ६५९ पुग्यो ।
यो २२ दिनको अवधीमा २१ हजार ५७८ जना सङ्क्रमण मुक्त भएका छन् वैशाख १८ गतेको तथ्याङ्क उपलव्ध हुन नसकेको हुँदा उक्त सङ्ख्या अलिक बढि हुन आउँछ । यो अवधिमा एकैदिन सबैभन्दा बढी सङ्क्रमित निको भएको वैशाख २० गते हो उक्त दिन ७ हजार ४४८ सङ्क्रमित भेटिँदा २ हजार २१ जना निको भएका थिए भने ३७ जनाको ज्यान गएको थियो ।
यही रफ्तारमा कोरोना सङ्क्रण देखिने हो भने दैनिक १० देखि १५ हजार सङ्क्रमित अर्को हप्तादेखि भेटिन थाल्छन् ।