वितेको २४ घन्टामा काठमाडौं उपत्यकामा ३ हजार ६ सय भन्दा बढीमा संक्रमण देखिएको छ ।
देशभर ७ हजार ४४८ जनामा संक्रमण पुष्टि हुँदा काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै ३ हजार ६६६ जनामा संक्रमण देखिएको हो । यो संख्या देशभरको संख्याको झण्डै आधा हो ।
आज काठमाडौं जिल्लामा २ हजार ९२२, भक्तपुरमा २२२ र ललितपुरमा ५२२ जनामा संक्रमण देखिएको छ ।
आज ५९५ बालबालिका कोरोनाको शिकार भए