कोरोना संक्रमणले दिनदिनै नयाँ रेकर्ड कायम गरिरहेको छ । हिजोको तुलनामा आज बढि संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १६ हजार ६५८ जनाको पिसिआर र ५१८ जनाको एन्टिजेन परिक्षण गर्दा क्रमस ७ हजार ३८८ र ६० गरी कूल ७ हजार ४४८ जनामा संक्रमण देखिएको जनाएको छ ।
योसहित कूल संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ पुगेको छ भने २ लाख ८३ हजार १५ जना निको भएका छन् ।