भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको छ । त्यहाँ कोरोना बिरामीहरु अक्सिजनको कारण छट्पटिरहेको भिडियोहरु भाइरल भइरहेको दृश्य देखिन्छ । यस्तै एक दृश्य उत्तरप्रदेशको बहराइचमा अक्सिजनको कमी भएपछि भाइरल भएको छ।
भारतको यूपीको बहराइचको अस्पतालको भाइरल भिडियोमा बिरामी आमालाई छोरीको मुखबाट अक्सिजन दिइरहेको देखाइएको छ। कोभिड १९ को दोस्रो चरणमा भारतमा अक्सिजनको अभावले धेरै बिरामीहरूले ज्यान गुमाउनु परेको छ ।
आफ्नो आमालाई गाह्रो भएपछि सन्तान आफ्नो जीवनको बलिदान दिन पनि पछि हट्दैनन् । यस्तै भयो युपीमा पनि । त्यहाँ एक छोरीले आफ्नो आमालाई अक्सिजन दिँदै आफ्नो जीवन जोखिम मोलेकी छन् । उनले आमालाई अक्सिजन दिइरहेको भिडियो भाइरल भइरहेको छ । यस भाइरल भिडियोमा जिल्ला अस्पतालको आपतकालिनको दृश्य देखाइएको छ जसमा एउटी छोरीले बिरामी आमालाई मुखबाट अक्सिजन दिईरहेकी छिन्।