नेपालमा कोरोना भाइरसको दोस्रो लहर चलिरहँदा केही पत्रकारहरुमा पनि कोरोना संक्रमण देखिएको छ ।
बुधबार काठमाडौं उपत्यकामा भेटिएका १ हजार १ सय ७४ संक्रमितमध्ये ३ जना गोरखापत्र संस्थानमा कार्यरत पत्रकार रहेको स्रोतले बताएको छ ।
अघिल्लो साल यही समयमा फ्रन्टलाइनमा खटिने धेरै पत्रकारहरु कोरोना संक्रमित बनेका थिए भने हिजो (बुधबार) कोरोना संक्रमणका कारण एक पत्रकारको ज्यान गएको थियो ।
दाङलाई कर्मथलो बनाएर पत्रकारिता गर्ने दामोदर अधिकारीको उपचारको क्रममा हिजो काठमाडौंमा निधन भएको हो ।