बिहीबार बिहान बर्खासँगै परेको चट्याङले लागेर मोरङ कानेपोखरी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कानेपोखरी गाउँपालिका–२ दलेलीकी ४३ वर्षीय सुकवती राजवंशी रहेकी छन् ।
आज बिहान साढे ८ बजे उनी पानी परेकोले घर नजिकै रहेका गाईगोरु सार्न जानेक्रममा थिइन् । त्यसैबेला परेको चट्याङले लागेर उनी गम्भीर भइन् ।
आफन्तले घाइते राजवंशीलाई उपचारका लागि उर्लाबारीस्थित मदनभण्डारी अस्पताल तथा ट्रमासेन्टर लगेका थिए । तर, अस्पताल पुर्याउनासाथ उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
बिजुली चम्किने र मेघ गर्जन कसरी हुन्छ ?
चट्याङ वायुमण्डलमा देखापर्ने एक किसिमको बिजुलीको धार हो । यो आकाशबाट पृथ्वीको सतहतिर प्रवाहित हुन्छ । जब वायुमण्डल अस्थिर हुन्छ र आकाशमा कालो बाक्लो कुमुलोनिम्बस बादलहरु बन्छन् । त्यस्तोमा जमिनको सतहको तातो हावा उठेर माथिको चिसो हावासाग ठोकिन्छ त्यसपछि बिजुली चम्किने गर्छ ।
बिजुली चम्किादा ठूलो मात्रामा विद्युतीय शक्ति निस्कन्छ र यो बादलबाट हावा हुादै जमिनको सतहमा आउाछ । त्यस्तै, बिजुली चम्किादा उत्पन्न भएको विद्युतीय शक्ति छिटो तातेपछि त्यसले ठूलो आवाजमा मेघगर्जन हुन्छ । चट्याङ पर्दा विद्युतको धार आकाशबाट पृथ्वीको सतहतिर प्रवाह हुन्छ । यसले कुनै मानिस वा प्राणीलाई लाग्यो भने उनीहरुको मृत्यु समेत हुन सक्छ ।
यो कति खतरनाक छ ?
चट्याङ लागेर मानिसको मृत्यु समेत हुन सक्छ । चट्याङ पर्दा २० हजारदेखि ३० हजार एम्पियर इलेक्ट्रिकल करेन्ट उत्पन्न हुन्छ । यो तपाईले वासिङमेसिन प्रयोग गर्दा आवश्यक पर्ने विद्युत भन्दा २३ सय गुणाले बढी हो ।
चट्याङ तीस हजार सेल्सियस भन्दा धेरै तापक्रममा पुग्छ जसको अर्थ यो सूर्यको सतहभन्दा पनि तातो हुन्छ । र, चट्याङ प्रतिसेकेण्ड ७५ माइल हावामा फैलन सक्छ । यसको जोखिममा धेरै घर बाहिर हुने मानिसहरु पर्छन् । जस्तैः किसान, पैदलयात्रु, बाहिर काम गर्नेहरु र विभिन्न खेलाडीहरु ।
धेरैजसो चट्याङ पर्ने हावाहुरी आएको र बादल मडारिएको बेलामा हुन्छ र करिव बीस प्रतिशत जति चट्याङ आकाशबाट जमिनमा आइपुग्छ । तपाईलाई यसले प्रत्यक्ष लाग्न सक्छ भनेर मात्रै डराउन पर्दैन । तपाईको नजिकको कतै पनि चट्याङ पर्यो भने यसले तपाईलाई खतरामा पार्न सक्छ । किनभने यसले तपाईको वरिपरि धेरै ठूलो मात्रामा विद्युत छोड्न सक्छ । चट्याङले तपाई नजिक मार हानेर अन्तै मोडिन पनि सक्छ ।