गत वर्ष कोरोना महामारीले सताएको वीरगन्ज शहर यतिबेला फेरि महामारी थेग्न नसक्ने गरी पुरानै अवस्थामा फर्किएको छ ।
वीरगन्जमा शनिवार ४५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शनिवार साँझ ९० जनाको स्वाब नमुना परीक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका कोभिड कोर्डिनेटर डा. सरोज रोशन दासले जानकारी दिए।
शनिवार साँझ संक्रमण पुष्टि भएका ४५ मध्ये पर्सा जिल्लाका मात्रै ३९ छन्। अन्य ६ जना बाराका हुन् । पर्साका ३९ संक्रमितमध्ये वीरगन्ज महानगरपालिकाका मात्रै ३८ रहेको दासले जानकारी दिए।