झापा । झापाको बाह्रदशी गाउँपालिका–५ स्थित चारपाने–राजगढ सडकखण्डमा धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु भएको छ।
गएराति भएको दुर्घटनामा बाह्रदशी–५ चकचकीका गोपाल ताजपुरिया र सोही पालिकाको बुट्टाबारीका अशोक राजवंशीको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख सन्तोष पाठकका अनुसार मोटरसाइकल धान काट्ने मेसिनमा ठोक्किँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो।