झापा । प्रतिनिधिसभा सदस्य निशा डाँगी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक महामन्त्री डा. मुकुल ढकालसँग विवाह बन्धनमा बाँधिने भएकी छन् ।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले आगामी मंसिर १० गते विवाह गर्ने तयारी गरेका हुन् ।
विराटनगर महानगरपालिका–३, दूधफारमस्थित ढकालको घरमा विवाहको तयारी सुरु भइसकेको बताइएको छ । विवाह भने झापाको मंगलबारेस्थित डाँगीका आफन्तको घरबाट हुने तय भएको छ ।
रास्वपा नेतृ डाँगी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकी थिइन् । त्यसपछि गत फागुनमा सम्पन्न निर्वाचनमा उनी झापा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भएकी हुन् ।
ढकाल भने रास्वपा परित्याग गरिसकेका छन् । उनी अहिले स्वतन्त्र रूपमा रहेका छन् ।