मकवानपुर । मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
आज मङ्सिर ३ गते बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेर दुर्घटनामा परेको हो।
सुमोमा चालकसहित १० जना सवार रहेकोमा दुर्घटनामा परी तीन जनाको मृत्यु भएको र सात जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए।
दुर्घटनामा घाइते भएका तथा मृतकलाई उद्धार गरी हेटौँडा अस्पताल ल्याइएको छ।
दुर्घटनाको कारण र मृतक तथा घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।