काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न क्षेत्रमा आजदेखि मङ्सिर १४ गतेसम्म दैनिक साढे पाँच घण्टा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।
प्राधिकरणका अनुसार कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा विद्युत् वितरण लाइन भूमिगत गर्ने कार्य भइरहेको छ। सोही कार्यका लागि दैनिक बिहान १०ः३० बजेदेखि दिउँसो ४ः०० बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने जनाइएको छ।
प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै विभिन्न मिति र फिडरअनुसार प्रभावित हुने क्षेत्रहरूको विवरण सार्वजनिक गरेको छ। लाइन भूमिगत गर्ने कार्यका क्रममा विद्युत् सेवा अवरुद्ध हुने भएकाले सम्बन्धित क्षेत्रका उपभोक्तालाई आवश्यक पूर्वतयारी गर्न प्राधिकरणले आग्रह गरेको छ।