काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैङ्कले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ २६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८६ पैसा रहेको छ । त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०० रुपैयाँ ४९ पैसा र बिक्रीदर १०० रुपैयाँ ८९ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०४ रुपैयाँ ८४ पैसा कायम गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ १२ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७८ पैसा रहेको छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ९० पैसा र बिक्रीदर १९७ रुपैयाँ ६९ पैसा निर्धारण गरिएको राष्ट्र बैङ्कले जनाएको छ ।
केन्द्रीय बैङ्कका अनुसार आवश्यकताअनुसार विदेशी मुद्राको विनिमय दर जुनसुकै समयमा पनि संशोधन गर्न सकिनेछ । वाणिज्य बैङ्कहरूले निर्धारण गर्ने विनिमय दर भने फरक हुन सक्ने भएकाले अद्यावधिक दर राष्ट्र बैङ्कको आधिकारिक वेबसाइटबाट हेर्न सकिनेछ ।