काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल संवत् ११४७, म्हः पूजा तथा गोवर्द्धन पूजा र हल तिहारको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देशमार्फत अध्यक्ष ओलीले मौलिक परम्परा, प्रकृतिप्रेम र श्रम संस्कृतिका प्रतीक तिहारका विभिन्न पर्वले सबैको जीवनमा सुख, समृद्धि र आपसी सद्भाव कायम गर्ने विश्वास व्यक्त गरेका छन्।
उनले म्हः पूजाले आत्मसम्मान र आत्मशुद्धिको सन्देश दिने उल्लेख गर्दै गोवर्द्धन पूजाले प्रकृति तथा पर्यावरणप्रतिको कृतज्ञता र हल तिहारले कृषि संस्कृतिको महत्त्व उजागर गर्ने बताएका छन्।
‘म्हः पूजा, गोवर्द्धन पूजा तथा हल तिहारको हार्दिक शुभकामना। न्हु दँया भिन्तुना !’ उनले भनेका छन्।
राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनतालाई ऋणमुक्त गराएर नेपाल संवत् प्रचलनमा ल्याएको ऐतिहासिक मान्यता छ। लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको नेपाल संवत् नेपालको मौलिक संवत्का रूपमा परिचित छ।