राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब देशले आन्दोलन नधान्ने बताएका छन् । देउसी भैलो खेल्न आएको एक टोलीसँग दोहोरी खेल्ने क्रममा लामिछानेले राजनीतिक अभिव्यक्ति दिएका हुन् ।
लामिछानेले देशले अब राजनीतिकि आन्दोलन नधान्ने भन्दै जिम्मेवारी आएमा आफूले सम्हाल्ने बताएका छन् । ‘देशले अब आन्दोलन धान्दैन, परिआए खुट्टा यो काम्दैन,’ लामिछानेले भनेका छन् ।
लोकदोहोरी कलाकार र पत्रकारहरुसँग देउसी खेल्ने क्रममा सभापति लामिछानेले राजनीतिक यात्रा सहज नभएको पनि बताए ।
सभापति लामिछानेले यो सरकार नै पाँच वर्ष टिक्ने पनि दाबी गरेका छन् । नजान्नेलाई सिकाएर भएपनि अगाडि बढाउनुपर्ने र सरकार टिकाउनुपर्ने लामिछानेको भनाइ छ । देशमा धेरै पीडा भएकाले खुलेर दसैं-तिहार मनाउने वातावरण नरहेको पनि उनले बताए ।
यस्तो छ रवि लामिछानेले देउसी खेल्ने क्रममा दिएका राजनीतिक अभिव्यक्ति:
जान्नेले नजान्नेलाई सिकाउने,
पाँच वर्ष यै सरकार टिकाउने ।
देशले अब आन्दोलन धान्दैन,
परिआए खुट्टा यो काम्दैन ।
मनमा अहिले राजनीति पस्या छ,
गाउनु हुन्थ्यो स्वर मेरो बस्या छ ।
नेता भएपछि कलाकार जाग्दैन,
गाउन मन छ शूर मेरो लाग्दैन ।