काठमाडौं । नेपाली बजारमा केही दिनयता सुनचाँदीको मूल्यमा तीव्र उतारचढाव देखिएको छ । बिहीबार एकैदिन १३ हजार ३०० रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार भने प्रतितोला ५ हजार ९०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार (कात्तिक २० गते) छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ ।
यसअघि बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ पुगेको थियो । बुधबार ६०० रुपैयाँले बढेर २ लाख ७५ हजार ६०० रुपैयाँ कायम भएको सुनको मूल्य मंगलबार ७०० रुपैयाँले बढ्दै २ लाख ७५ हजार रुपैयाँ पुगेको थियो ।
त्यस्तै, सोमबार सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँले बढेर २ लाख ७४ हजार ३०० रुपैयाँ कायम भएको थियो । आइतबार भने एकैदिन ८ हजार ३०० रुपैयाँले घटेर प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो ।