काठमाडौँ– काठमाडौँ महानगरपालिकाले यस वर्षको तिहारलाई लक्षित गर्दै महानगर क्षेत्रभित्र स्वदेशी फूल बिक्रीका लागि ३३ स्थान उपलब्ध गराएको छ। महानगरपालिकाले नेपाली किसानले उत्पादन गरेका फूलको बजारीकरण र बिक्री सहज बनाउन विभिन्न स्थानमा बिक्री केन्द्र तोकेको हो।
कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार नयाँ बानेश्वर, शङ्खमूल, मध्यबानेश्वर, बत्तीसपुतली, चाबहिल, कमलादी, पुतलीसडक, अनामनगर, सुन्धारा र न्यूप्लाजालगायत क्षेत्रमा फूल बिक्रीका लागि स्थान छुट्याइएको छ।
एनबी सेन्टर नयाँ बानेश्वरमा फूल बिक्रीका लागि आकृति श्रेष्ठ (९८०१३६२३१२), बिग मार्ट शङ्खमूलका लागि विपिन रावल (९८४८६४३२९७) र आइप्लेक्स मल नयाँ बानेश्वरका लागि शिशिरकुमार पोखरेल (९८६१७८१७५३) सँग सम्पर्क गर्न सकिनेछ।
त्यस्तै, सेल्सबेरी मध्यबानेश्वरका लागि सपना सिजापती (९८०१९७१३०८), फोनेक्स टावर बत्तीसपुतलीका लागि सुरज थापा (९७६३६९७१४०), एसी कम्प्लेक्स चाबहिलका लागि गोविन्दराज गिरी (९८४१५१७२३३), चाबहिल गणेशस्थान तरकारी बजारका लागि अज्जब श्रेष्ठ (९८४१०७८८०८) र केएल टावर अगाडि चाबहिलका लागि चेतना गुरुङ (९८०५८४१९७८) सँग सम्पर्क गर्न सकिने महानगरले जनाएको छ।
कमलादीस्थित आईटी बिल्डिङका लागि ०१–४५१५७८६, पुतलीसडकस्थित स्टार मलका लागि चित्रबहादुर ढुङ्गाना (९८६९५३९५११), अनामनगरस्थित भाटभटेनीका लागि अजय लामा (९८०१२४१४५१), सुन्धारास्थित काठमाडौँ मलका लागि ०१–५३५२५५५ र न्यूप्लाजास्थित बज्र कम्प्लेक्स गुड मार्टका लागि मोहिङका भूर्तेल (९८५१४००७९१) सँग सम्पर्क गर्न सकिनेछ।
यसैगरी लगनटोल, जैसीदेवल, भृकुटीमण्डप, टेवहाल मन्दिर परिसर, स्वयम्भू धर्मचक्र पार्क, कालीमाटी ब्याङ्क्वेट, कालीमाटीको द्यौखेल, कलङ्कीस्थित भाटभटेनी, नयाँ बजारको भ्याली कोल्डस्टोर, माछापोखरीस्थित बुद्ध मल, गुणस्तर तथा नापतौल विभागतर्फको गहिरो भाग, हाँडीगाउँका विभिन्न डबली, वडा नं. २६ को कोइराला स्मार्ट, महाराजगञ्जस्थित सेल्सबेरी, गोङ्गबुको बिगमार्ट, चप्पल कारखानाको बिगमार्ट र बालुवाटारको बिगमार्टमा पनि फूल बिक्री गर्न सकिनेछ।
त्यसैगरी तीनकुने चौर र सिफल चौरमा समेत किसानले फूल बिक्री गर्न पाउने व्यवस्था मिलाइएको छ।
सम्पर्क नम्बर उपलब्ध नगराइएका स्थानमा फूल बिक्री गर्न चाहने किसानलाई महानगर प्रहरी बलले सहजीकरण गर्नेछ। महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार आवश्यक सहयोगका लागि ०१–५९०१७६३, ०१–५९०१७६४ वा मोबाइल नम्बर ९८५१३५६५०९ मा सम्पर्क गर्न सकिनेछ।
वातावरण व्यवस्थापन विभागका अनुसार नेपाल सरकारले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६) बमोजिम प्लास्टिकजन्य माला तथा पुष्पगुच्छाको उत्पादन, आयात, बिक्रीवितरण र भण्डारणमा प्रतिबन्ध लगाएको छ। काठमाडौँ महानगरपालिकाले पनि विगतका वर्षदेखि नै प्लास्टिकका माला तथा पुष्पगुच्छाको कारोबारमा निषेध गर्दै आएको छ।
तिहारमा फूलको माग बढ्ने भएकाले स्वदेशी उत्पादनबाटै बजारको माग पूरा गर्ने र नेपाली किसानले उत्पादन गरेका फूलको बजार सुनिश्चित गर्ने उद्देश्यले महानगरले बिक्रीस्थलको व्यवस्था गरेको जनाएको छ। यसबाट किसानले बिचौलियाको भर नपरी उपभोक्तासम्म सीधा पहुँच पाउने अपेक्षा गरिएको छ।