काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले समाचारको विषयलाई लिएर पक्राउ गरिएका पत्रकारहरूलाई तत्काल रिहा गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएकी हुन् ।
उनका अनुसार पत्रकार पक्राउ गर्ने घटनामा प्रधानमन्त्री, उनको सचिवालय तथा प्रधानमन्त्री कार्यालयको कुनै संलग्नता छैन । यसबारे प्रधानमन्त्रीलाई पूर्वजानकारीसमेत नभएको उनले स्पष्ट पारेकी छन् ।
घटनाबारे जानकारी पाउनासाथ प्रधानमन्त्री शाहले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरेर कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएको दाहालले बताएकी छन् ।