काठमाडौँ । अर्नब चक्रवातको प्रभाव नेपालमा पनि देखिन थालेको छ । चक्रवातको प्रभावका कारण गएरातिदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा सबैभन्दा बढी ३३ मिलिमिटर वर्षा मापन भएको छ ।
उक्त अवधिमा कोशी, बागमती र मधेश प्रदेशका अधिकांश स्थानमा मध्यम वर्षा भएको छ भने गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भएको महाशाखाले जनाएको छ ।