काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेट गरेका छन् । सभापति लामिछाने बिहीबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर अर्यालसँग भेट गरेका हुन् ।
सभामुखको सचिवालयका अनुसार लामिछाने र अर्यालबीच करिब २० मिनेट कुराकानी भएको थियो । सचिवालयले उक्त भेटलाई अनौपचारिक भेटका रूपमा जनाएको छ ।
यसअघि बुधबार रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बीच करिब चार घण्टा लामो भेटवार्ता भएको थियो । प्रधानमन्त्रीसँगको भेटको भोलिपल्टै लामिछाने सभामुख अर्याललाई भेट्न सिंहदरबार पुगेका हुन् ।