सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य हिमेश पन्तको जाहेरीमा जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले नियन्त्रण गरेको छ ।
श्रेष्ठलाई शनिबार प्रहरीले घरबाटै नियन्त्रणमा लिएको हो । श्रेष्ठलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर साइबर ब्यूरो लगेको छ ।
रास्वपा केन्द्रीय सदस्य तथा कलाकार पन्तको परिवारले एक परिवारको जग्गा कब्जा गरेको समाचार जनआस्थामा लेखेका थिए । उक्त समाचारको विषयलाई लिएर पन्तले नेपाल प्रहरीको साइबर ब्यूरोमा जाहेरी दिएका थिए । जाहेरीको विवरण उनले आफ्नो सामाजिक संजालमार्फत सार्वजनिक गरेका थिए ।