काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी) ले आफ्ना तीन नेता अभिजीत दीपके, सौरव दास र आशुतोष रांकालाई प्रहरीले हिरासतमा लिएको दाबी गरेको छ।
पार्टीले शनिबार वक्तव्य जारी गर्दै मुम्बईबाट दिल्ली आउने क्रममा विमानभित्रैबाट उनीहरूलाई नियन्त्रणमा लिइएको जनाएको हो।
सीजेपीका अनुसार तीनै जना नेता मुम्बईबाट दिल्ली आएका थिए। सोही क्रममा अभिजीत दीपके सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारणमा आएका थिए। त्यसपछि प्रहरीले उनीहरूलाई हिरासतमा लिएको पार्टीको दाबी छ।
प्रहरीको उक्त कदमलाई सीजेपीले ‘तानाशाहीपूर्ण’ भन्दै तीनै जना नेताको तत्काल र बिनासर्त रिहाइको माग गरेको छ। पार्टीले यस घटनालाई नागरिकको स्वतन्त्र आवागमनको अधिकारमाथिको उल्लंघनसमेत भनेको छ।
यसअघि चर्चित युट्युबर ध्रुव राठी र सीजेपीकी कानुनी मामिला प्रमुख रत्ना सिंहलाई पनि प्रहरीले हिरासतमा लिएको खबर सार्वजनिक भएको थियो।