पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको पेटमा भएको ट्युमरमा क्यान्सर नभएको पुष्टि भएको छ ।
भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार चिकित्सकहरूले न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको निष्कर्ष निकालेका छन्।
उनी मंगलबार स्वदेश फर्कने भएका छन्।
स्वास्थ्य उपचारका लागि नयाँ दिल्लीमा रहेका भट्टराई नेपाल वायु सेवा निगमको जहाजबाट मंगलबार नेपाल फर्कन लागेका हुन्।
तर उक्त ट्युमरको छिटो शल्यक्रिया गर्नुपर्ने चिकित्सकहरूको सल्लाह छ। दुई/तीन महिनाभित्रै पेटमा रहेको ट्युमरको शल्यक्रिया गरी निकाल्नुपर्ने चिकित्सकहरूको भनाइ छ।
भट्टराईको फेब्रुअरी २२ बाट भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परिक्षण गरिएको थियो ।