काठमाडौं । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार ललितपुरको पाटनस्थित ऐतिहासिक कृष्ण मन्दिरमा दर्शन तथा पूजाअर्चना गरेका छन्।
राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित पाटन दरबार क्षेत्रस्थित कृष्ण मन्दिर पुगेर भगवान् श्रीकृष्णको पूजा तथा आराधना गरेका हुन्।
श्रीकृष्ण जन्माष्टमीका अवसरमा राष्ट्रप्रमुखले प्रत्येक वर्ष कृष्ण मन्दिर पुगेर भगवान् श्रीकृष्णको दर्शन तथा पूजाअर्चना गर्ने परम्परा रहँदै आएको छ।
मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई सांसद जगदीश खरेल, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायत जनप्रतिनिधि तथा मन्दिरका पुजारीहरूले स्वागत गरेका थिए।