काठमाडौँ – राहदानी विभागले आगामी भदौ २२ र २३ गते राहदानीसम्बन्धी सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन गर्ने जनाएको छ।
विभागले आज सूचना जारी गर्दै ती दुवै दिन सेवाहरू नियमित रूपमा प्रवाह हुने जानकारी दिएको हो।
विभागले सेवा लिन आउने सेवाग्राहीलाई आवश्यक प्रक्रिया पूरा गरी तोकिएको समयमा उपस्थित भई सेवा लिन आग्रह गरेको छ। साथै, सेवाग्राहीको जानकारीका लागि सेवा नियमित सञ्चालन हुनेसम्बन्धी सूचना सार्वजनिक गरिएको विभागले जनाएको छ।