काभ्रे । काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–५, केउरेनीमा पिपलको रुखमा घण्टी झुन्ड्याउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान करिब ११ बजे महाकालीदेवी मन्दिरमा पूजा गर्न जाने क्रममा स्थानीय रुद्रप्रसाद गौतम पिपलको रुखमा घण्टी झुन्ड्याउन खोज्दा लडेका हुन् । उनी जागृति माध्यमिक विद्यालयको करिब ६ फिट अग्लो पिल्लर गेटबाट खसेका थिए ।
लडेर टाउकोमा गम्भीर चोट लागेका गौतमलाई तत्काल उपचारका लागि धुसेनी देउराली अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।