काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाढीपहिरोबाट प्रभावित धादिङ र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।
ओलीले बुधबार धादिङको गल्छी पुगेर बाढीपहिरो प्रभावित स्थानीयको अवस्था र क्षतिबारे जानकारी लिनुका साथै उनीहरूका गुनासा सुने । त्यस क्रममा उनले राहत तथा उद्धारको अवस्थाबारे पनि जानकारी लिए ।
धादिङपछि ओलीले नुवाकोटको बेलकोटगढी नगरपालिकाका प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । उनले बाढीपहिरोबाट भएको भौतिक क्षति तथा प्रभावितलाई भइरहेको राहत वितरणबारे जानकारी लिएका थिए ।
एमालेसम्बद्ध राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, जिफन्ट र प्रवासी नेपाली मञ्चलगायतका टोली बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा सक्रिय छन् ।