काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको छ। नेपाल प्रहरीले हालसम्म बाढी प्रभावित विभिन्न जिल्लाबाट ४८९ जनाको शव फेला परेको जनाएको छ।
प्रहरीका अनुसार फेला परेका शवमध्ये ३९३ जनाको अझै पहिचान हुन सकेको छैन।
बाढीपछि फेला परेका शवहरू रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी पूर्व र पश्चिम लगायतका जिल्लामा भेटिएका छन्।
फेला परेका शवमध्ये केहीलाई सम्बन्धित जिल्लामै राखिएको छ भने अन्य शव काठमाडौं, पोखरा, पाल्पा, रुपन्देही र कपिलवस्तु लगायतका स्थानमा पहिचान तथा आवश्यक प्रक्रिया पूरा गर्न राखिएको प्रहरीले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा बेपत्ता व्यक्तिको खोजी तथा शव व्यवस्थापन कार्य अझै जारी रहेको छ। पछिल्लो विवरणअनुसार बाढीबाट प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य निरन्तर भइरहेको छ।
पहिचान नभएका शवहरू कहाँ कति ?