स्पेन गट ट्यालेन्टको छैटौं संस्मरणमा जर्जहरुको मन पगाल्ने नेपाली मुलका कपिल रोक्का अहिले चर्चामा छन् ।
नेपालमा आफ्नो पिताले त्यागेपछि उनलाई स्पेनकी महिलाले एडप्ट गरेर उतै लगेकी थिइन् । पोलेको दागका कारण उनलाई कसैले एडप्ट गर्न मानेनन् । स्पेनिस भाषामा लिइएको अन्तर्वातामा उनको अन्तर्वार्तामा उनले आफ्नो सबै पीडाहरु पोखेका छन् । उनको अन्तर्वार्ताको अनुवादित र सम्पादित अंश :
स्पेनमा चलिरहेको “स्पेन गट ट्यालेन्ट” मा सहभागी भएका एक नेपाली युवाको प्रस्तुतीले उक्त रियालिटी सोमा आवद्ध भएका जजहरु भावविह्वल भएका छन् । नेपाली युवा कपिल रोक्काले उक्त सोमा दिएको अन्तरवार्तामा भनेका छन् : मेरो बुवाले मलाई र मेरो दिदीलाई घरबाट निकालिदिनुभयो । आमाको निधनपछि बाबुको साहारामा जिउनुपर्ने हामीलाई उहाँले नै घरबाट निकालेपछि सडकमा मागेका खाने अवस्थामा हामी पुग्यौं । केही समयपछि एक अनाथलयको आश्रयमा पुग्यौं ।
कपिलको टाउकोमा पोलेको दाग छ जस्ले गर्दा उनलाई कसैले धर्मपुत्रको रुपमा लिन मानेनन् ।
आश्रममा भएका धेरै बालबालिकाहरुलाई आफ्नो छोराछोरी सरह पाल्ने भनेर लैजाँदा कपिललाई कसैले हेरेनन् । कारण थियो उनको टाउकोमा देखिएको दाग ।
अन्त्यमा स्पेनकी एक महिलाले उनलाई एडप्ट गरेर उनको उद्दार गरेकी थिइन् । अहिले उनी सक्षम भएका छन् र गीत संगित मार्फत आफ्नो पीडाहरु पोखिरहेका छन् ।
कार्यक्रममा उनी भक्कानिएर रोएका छन् । सबैले घृणाको दृष्टिकोणले हेर्दा स्पेनकी आमाले मायाले हेरेर नयाँ जीवन दिएको कुरा सम्झेर उनी भक्कानिएर रोएका थिए । उनको कुरा सुनेपछि जर्जहरु आँखाबाट आँशु झरेको थियो ।