
काठमाडौँ । आउँदो जुलाई २९ मा अस्ट्रेलियामा एनआरएनको निर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि विभिन्न उम्मेदवारहरू विभिन्न समूह बनाएर निर्वाचनमा होमिएका छन् ।
विगत एक दशकदेखि बृस्बेनमा बस्दै आएका आविष्कार पाण्डे यो निर्वाचनमा अष्ट्रेलियाको एनसीसी सदस्यका लागि पनि चुनावी मैदानमा होमिएका छन् ।
यहाँका विभिन्न सामाजिक संस्थामा नजिक रहेर नेपाली समुदायको बहत्तर हितका साथै कल्याणका लागि सकेसम्म र भ्याएसम्म क्रियाशील रहँदै आएको उनी बताउँछन्
मातृभूमिका लागि केही गर्नुपर्छ भन्ने उद्देश्य बोकेका पाण्डे सबै समूहसँग निकै घुलमिल र दुःख सुखमा साथ दिने पात्रका रूपमा उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् ।
करिब डेढ दशकदेखि अस्ट्रेलियालाई अध्ययनको गन्तव्य बनाएका पाण्डे अब बाहिर बसेर भन्दा पनि संस्था भित्रै बसेर २ वर्ष अस्ट्रेलियामा रहेका नेपालीहरूको सेवा गर्ने तयारीमा लागेको बताए ।
उनले थप जिम्मेवारी बोकेर नेपाली समुदायको सेवा गर्ने अठोट पूरा गर्न सम्पूर्णको सहयोगको अपेक्षा गरेको जनाए ।
पाण्डेले अस्ट्रेलियामा एनआरएनको केन्द्रीय कमिटीमा आफ्नो इच्छा रहेकाले सम्पूर्ण अग्रजहरूसँग सरसल्लाह गरेको बताउँदै सकेसम्म सबैको सहयोग र सर्वस्वीकार्य होस् भनेर उम्मेदवारी घोषणा गरेको समेत जानकारी गराए ।
निष्पक्ष निर्वाचनमा आफ्नो कुनै विमति नरहेको भन्दै पाण्डेले विगतमा रहेका अस्वस्थ प्रतिस्पर्धा र होडबाजी अन्त्य गर्दै आउने दिनमा सभ्य नेपाली समाज निर्माण गर्ने आफ्नो उद्देश्य रहेको प्रस्ट पारे ।
उनले नयाँ विद्यार्थीलाई विमानस्थलसम्म पुगेर बसोबाससम्मै पुर्याउने,युवा विद्यार्थी संस्थामार्फत नेपालमा सहयोग गर्ने, विभिन्न खेलकुद क्लबमा संलग्न रहेको,भिजिट नेपाल अभियान सञ्चालन गरेर सम्पूर्ण नेपाली समुदायसँग जोडिएका पाण्डे सबै नेपाली समूदायबीच निकै लोकप्रिय समेत छन् ।
उनले एक पटक नेपाली समुदायमाझ एक परीक्षार्थीका रूपमा उभिएको भन्दै यही जुलाई २९ मा सम्पन्न हुने निर्वाचनमा एनसीसी पदमा मत दिई निर्वाचित गराइदिन सम्पूर्ण नेपाली समुदायसँग अपिल गरेका छन् ।