सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने तयारी भएको छ।
स्रोतका अनुसार केहीबेरमै मुख्यमन्त्री कँडेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गरिनेछ।
प्रतिपक्षी नेकपाका केही सांसद तथा नेपाली कांग्रेसका केही सांसदले संयुक्त रूपमा अविश्वासको प्रस्ताव दर्ता गर्न लागेका हुन्। यद्यपि, यसबारे सम्बन्धित दलहरूले औपचारिक पुष्टि भने गरेका छैनन्।