काठमाडौँ । जिल्ला मकवानपुरको मनहरी गाउँपालिका–९ खरंगास्थित पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा १६५ किलोग्राम गाँजासहित दुई जना पक्राउ परेका छन् ।
सोमवार कोर क्षेत्रभित्र भारी बोकेर पैदल हिँडिरहेका मकवानपुर राक्सिराङ गाउँपालिका-३ पलाँसे बस्ने अन्दाजी ५१ वर्षीय विक्रम सिंतान र सोही स्थानका अन्दाजी ४८ वर्षीय गोकर्ण मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार शंका लागी जाँच गर्दा उनीहरूको साथबाट ११ वटा पोकामा राखिएको लागुऔषध गाँजा बरामद भएको हो।
बरामद गाँजाको तौल गर्दा १६५ (एक सय पैसठ्ठी) किलोग्राम रहेको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।