वीरगञ्ज । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकाबाट ठूलो परिमाणमा प्रतिबन्धित लागू औषधसहित तीन जना पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म, वीरगञ्जबाट खटिएको विशेष टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी टोलीले सोमवार वीरगञ्ज महानगरपालिका वडा–१६ स्थित भन्सार मेनगेट इलाकामा चेकजाँच गर्ने क्रममा उक्त प्रतिबन्धित लागू औषध बरामद गरेको हो।