नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार स्वदेश फर्किने भएका छन् ।
गत पुष २० गते नेपाल एयरलाइन्सको विमानबाट छोरीहरु रेनु दाहाल र गंगा दाहालसहित पत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बइ पुगेका नेकपा अध्यक्ष प्रचण्ड ५ दिनपछि स्वदेश फर्कन लागेका हुन् ।
उनी शनिबार साँझ काठमाडौं आइपुग्ने जनाइएको छ ।
उनले दुई छोरीहरुसहित पत्नी सीतालाई भारतमै छाडेर स्वदेश फर्कन लागेको प्रचण्डको सचिवालयले जनाएको छ । .
सीताको उपचार मुम्बइको न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्सटिच्युटमा भइरहेको छ ।
सीता पार्किन्सन जस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी)बाट लामो समयदेखि पीडित छिन् ।
यसअघि पनि उनको भारत,अमेरिका, सिंगापुरलगायतका अस्पतालमा उपचार गरिएको थियो।